नियम १६०
खरिद सम्झौताको सार्वजनिक सूचना
(१) खरिद सम्झौता सम्पन्न भएको तीन
दिनभित्र सो सूचना सम्बन्धित निकायले आफनो सूचनापाटीमा टा“स गरी जिल्ला
विकास समिति, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालयको
सूचना पाटीमा समेत टा“स गर्न लगाउने व्यवस्था गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको सूचना सम्बन्धित निकायले आफ्नो वेवसाइट
भए त्यस्तो वेवसाइटमा र नभए सार्वजनिक खरिद अनुगमन कार्यालयको वेवसाइटमा
राख्ने व्यवस्था मिलाउन सक्नेछ ।
(३) उपनियम (१) बमोजिमको सूचनामा खरिद ऐनको दफा ६० मा उल्लिखित
कुराको अतिरिक्त वोलपत्र, प्रस्ताव वा सिलबन्दी दरभाउपत्र सम्बन्धी सूचना प्रकाशन
भएको मिति, पत्रिकाको नाम, सूचना संख्या, खरिदको विषय, सम्झौता गर्ने
वोलपत्रदाता, प्रस्तावदाता वा सिलबन्दी दरभाउपत्रदाताको नाम र ठेगाना र
सम्झौताको मूल्य खुलाउनु पर्नेछ ।